बैशाख १३, २०८१, बिहीबार
               

अल्मुताइरी राजीनामा प्रकरण : नेम्वाङ भन्छन्- 'दोषी देखिए राजीनामा दिन्छु'

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफूमाथि षडयन्त्र भएको प्रतिक्रिया दिए ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए ।

'मेरो स्पष्ट कुरा छ । यो निराधार षडयन्त्रपुर्वक ममाथि आएको विज्ञप्ति ठानेको छु । म जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हो', नेम्बाङले भने ।

'एन्फाले यस विषयमा छानबिन गर्छ । म दोषी देखिए फुटबल संघबाट राजीनामा दिन्छु । छानबिनबाट जो दोषी देखिन्छ । त्यसको भागीदार  हुनुपर्छ । यसबारे एन्फाले छानबिन समिति गठन गरेर चाडो भन्दा चाडो समाधान गर्नुपर्छ भन्ने मेरो माग छ', उनले भने ।

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।

‘एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ’ उनले भने, ‘योबाहेक केही भएको छैन’, नेम्बाङले भने ।

यो पनि