बैशाख ०७, २०८१, शुक्रबार
               

टोकियो ओलम्पिकमा बेलायतद्वारा चिली २–० गोल अन्तरले पराजित

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २–० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ‘ई’ मा रहेको बेलायतले ३ अंक जोडेको छ ।

बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेकी उनले ७३ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बेलायतका थप आधा दर्जन प्रहार खेर गएको थियो ।

बेलायतले आफ्नो दोस्रो खेल जुलाई २४ मा आयोजक जापानसँग खेल्नेछ भने चिलीले क्यानाडाको सामना गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि