मंसिर ०६, २०८१, बिहीबार
               

आइसिसीको वरीयतामा नेपालका ४ खेलाडी : कुशलकाे खस्कियो, ज्ञानेन्द्र र पारसको सुधार

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडाैं । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालबाट चार खेलाडी परेका छन् । आइसीसीको नयाँ वरीयतामा कुशल भुर्तेलको वरीयता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको वरीयता बढेको छ । 

युवा खेलाडी कुशलको नयाँ वरीयता ६१ पुगेको छ । उनी दुई स्थान तल झरेर ५९ बाट ६१ मा पुगेका हुन । अझैपनि कुशल बंगलादेशका अलराउण्डर शकिव अल हसन भन्दा एक स्थान माथि रहेका छन् । यता, नयाँ वरीयतामा पूर्व कप्तान पारस खड्काको वरीयता एक स्थान सुधार भएको छ । जसमा ९२ औं स्थानबाट ९१ औं स्थानमा पुगेका छन् । 

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले पनि एक स्थान सुधार गरेर ९५ औं स्थानमा पुगेका छन् । बलिङमा लेग स्पिनर सन्दीप लामिछाने ७९ औं स्थानमा छन् ।


कस्तो लाग्यो ?

यो पनि