जेठ ०८, २०८१, मंगलबार
               

जो रुटले देखाए खेलभावना : ढलेका खेलाडीलाई रनआउट नगर्न भने

एजेन्सी
साउन ०४, २०७८

ADVERTISEMENT

इङलिस खेलाडी जो रुट ठूलो हृदयका छन् । इङल्यान्डमा जारी घरेलु टी–२० लिगमा योर्कशायर र लंकाशायरबीचको खेलमा योर्कशायरका कप्तान रुटले देखाएको  खेल भावनाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

रन लिने प्रयासमा रहेका लंकाशायरका ब्याटस्म्यान स्टिफेन क्राफ्ट मैदानमै घाइते भएर ढले । यतिबेला खेल जित्नका लागि उनलाई आउट गर्नुपर्ने बाध्यता योर्कशायरसामु थियो । र, उनलाई आउट गर्ने राम्रो अवसर पनि मिलेको थियो । तर, कप्तान रुटले उनलाई आउट नगर्न आफ्ना खेलाडीहरूलाई निर्देशन दिए ।

रोचक कुरा, त्यसपछि क्राफ्टले नै उत्कृष खेलेर लंकाशायरलाई खेल जिताए । तर खेल हारे पनि रुटले क्रिकेट प्रशंसकहरूको मन जिते । 

१५ बलमा १८ रन जरुरी 

लंकाशायरका ब्याट्सम्यान लुक वेल्सले सट हाने । नन स्ट्राइकर स्टिफेन क्राफ्टर रन लिनका लागि दौडने क्रममा घाइते भएका थिए । फिल्डरले विकेटकिपर ह्यारी ड्युकलाई बल दिइसकेका थिए । तर, कप्तानको फैसलापछि उनले रनआउट गरेनन् । 

यस समय लंकाशायरलाई जितका लागि १५ बलमा १८ रन जरुरी थियो । बल डेड भएपछि अम्पायरल खेल रोके, अनि फिजियोथेरापिस्टले क्राफ्टको प्राथमिक उपचार गरे । रोचक, कुरा यसपछि क्राफ्टले नै उत्कृष्ट ब्याटिङ गरेर लंकाशायरलाई खेल जिताए । 

यस खेलमा योर्कशायर ४ विकेटले पराजित भयो । लंकाशायरले १ सय २८ रनको चुनौती अन्तिम १ ओभर बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो । क्राफ्टले २९ बलमा अविजित २६ रन बनाए भने वेल्सले ३७ बलमा ३० रन बनाए । 


कस्तो लाग्यो ?

यो पनि