जेठ ०९, २०८१, बुधबार
               

चितवन टाइगर्सको कप्तानमा सोमपाल

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

चितवन टाइगर्सले नेपाली तीव्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको छ ।

आगामी सिजनको इपीएलका लागि चितवनले उनलाई कप्तानको जिम्मेवारी दिएको हो । यसअघि सोमपाल काठमाडौं किंग्स ११ बाट खेलेका थिए ।

सोमपालले आबुदावी टी १० लिग, क्यानडाको ग्लोबल टी–२० लिग पनि खेलेका छन् । सोमपालले हालै काठमाडौंमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा आफ्नो अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिइसकेका छन् ।

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । गत वर्षको विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

यसपालि इपीएल आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुँदै छ ।


कस्तो लाग्यो ?

यो पनि