जेठ ०८, २०८१, मंगलबार
               

पाकिस्तान र भारत एउटै समूहमा

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी-२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।

२० मार्च २०२१ सम्मको टी-२० वरियताको आधारमा समूह विभाजन गरिएको छ । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ ।

प्रतियाेगितामा सहभागी १६ टिमले दुई चरणमा खेल्ने छन् । जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधै सुपर-१२ मा प्रवेश गरेका छन् ।

सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन् । पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन् ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् ।

पहिलो चरण

समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया ।

समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान ।

सुपर १२

समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता, समूह ‘बी उपविजेता ।

समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता, समूह ‘बी’ विजेता ।


कस्तो लाग्यो ?

यो पनि