जेठ ०९, २०८१, बुधबार
               

बंगलादेशकाे सानदार जित

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

जिम्बावेविरुद्धको पहिलो एकदिवसीय खेलमा बंगलादेशले १५५ रनको भारी अन्तरको जित निकालेको छ ।  टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७६ रन बनायो ।

बंगलादेशका लागि ओपनिङ ब्याट्सम्यान लिटन दासले शतकीय पारी खेले । उनले १ सय १४ बलमा आठ चौकाको मद्दतमा १०२ रन बनाए । त्यस्तै, अफिफ हुसेनले ४५, महमुदुल्लाले ३३, मेहिदीहसन मिराजले २६ र सकिब-अल-हसन, मोहम्मदमिथुनले १९-१९ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा ल्यूक जोन्गवेले तीन, रिचर्डन गारावा, ब्लेसिङ मुजाराबानीले दुई–दुई र चेन्दाई चतराले एक विकेट हात पारे ।

जवाफमा जिम्बावे २८ ओभर पाँच बलमा मात्र १२१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रेगिस चाकाभाले सर्वाधिक ५४ रन बनाए भने कप्तान ब्रान्डन टेलरले २४ रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । 

जिम्बावेको पारीलाई ध्वस्त पार्न सकिव अल हसनले पाँच विकेट लिए । यो सँगै उनी बंगलादेशका लागि तीनै फरम्याटमा धेरै विकेट लिने पहिलो खेलाडी बनेका छन । उनले एकदिवसियमा २७४ विकेट लिएका छन ।


कस्तो लाग्यो ?

यो पनि