जेठ ०८, २०८१, मंगलबार
               

रियल छाडेर यी क्लबमा जान सक्छन् ग्यारेथ बेल

एजेन्सी
साउन ०१, २०७८

ADVERTISEMENT

कुनै समय ग्यारेथ बेल विश्वकै महङ्गा खेलाडी थिए । अहिले उनी रियलको टोलीमा पर्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् । रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो देखाएका छैनन् । 

३१ वर्षीय बेल कुनै समय रियल म्याड्रिडका नायक थिए । रियललाई चारपटक च्याम्पियन्स लिग जिताउन उनको भूमिका महत्त्वपूर्ण थियो । तर, अहिले टोलीमा पर्नका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन् । रियलले सम्झौताअनुसार बेललाई प्रतिसिजन ६० मिलियन युरो तलब दिइरहेको छ, जसअनुसार उनी विश्वका महङ्गा पाँच खेलाडीको सुचीमा पर्छन् । तर यति धेरै तलब बुझ्ने खेलाडी टोलीमा फिट नहुनु रियल र बेल दुबैका लागि बिडम्बना हो । बेलसँगको रियलको सम्झौता ३० जुन २०२२ मा मात्रै समाप्त हुनेछ ।

त्यसअघि नै उनलाई अन्य क्लबमा बेच्न रियल चाहन्छ । तर, बेललाई यति महङ्गो तलब खुवाउने रुची अन्य ठूला क्लबमा छैन, त्यही कारण उनीहरूले यी खेलाडीमा चासो देखाएका छैनन् । जसकारण, बाध्य भएर रियलले अर्को एक वर्ष पनि बेललाई पाल्नुपर्ने अवस्था आउनसक्छ । 

बेल यस सिजन कार्डिफमा जाने चर्चा पनि चलेको छ । वेल्सको यो क्लब इंलिस फुटबलको दोस्रो डिभिजनमा छ । तर बेललाई महंगाे रकम तिर्न यो क्लबलाई मुस्किल छ ।  टोट्टेनह्याम पनि बेलमा इच्छुक हुनसक्छ । गत सिजन ऋणमा उनले टोट्टेनह्यामबाट राम्रो खेले, , तर यहाँ पनि तलबकै कुरा आउँछ । 

डेभिड बेकह्यामको स्वामित्वमा रहेको अमेरिकी क्लब इन्टर मियामीले पनि बेलमा रुची देखाएको छ । यसबाहेक चाईनिज सुपर लिग अर्को विकल्प हो । बेलको भविष्य कस्तो हुनेछ, त्यो समयले नै बताउला ।

यो पनि