जेठ ०७, २०८१, सोमबार
               

महिला फुटबलर सावित्राको घुँडाको सफल शल्यक्रिया

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा बिहीबार उनको घुँडाको शल्यक्रिया गरिएको हो ।

भण्डारीको उपचारमा कतार फुटबल संघले सहयोग गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो ।

दश दिनको क्वारेन्टिनपछि उनी यसै साता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छन् ।

सो लिगमा उनले १० खेलमा ४३ गोल गर्नुभएको थियो । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि