जेठ ०७, २०८१, सोमबार
               

ओलम्पिकमा किन हुन्छ सुपरपावरकै वर्चश्व ?

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा सहभागिता र पदक जित्नु आफैँमा पनि निकै ठूलो मानिन्छ । यो प्रतियोगितामा पदक जित्ने खेलाडीको जीवन पनि सुरक्षितमात्र होइन एक किसिमले सार्थक नै हुन्छ । ओलम्पिकका संयुक्त राष्ट्र संघको भन्दा पनि धेरै देशको सहभागिता रहेको छ । संयुक्त राष्ट्र संघमा एक सय ९६ सदस्य रहेकोमा ओलम्पिकमा २०६ देश सदस्य छन् । 

ओलम्पिकमा पदक जित्ने खेलाडी शारीरिक, आर्थिक, सामाजिक र बौद्धिक रूपमा निकै प्रभावशाली मानिन्छन् । तर ओलम्पिकको पदक तालिकामा अहिलेसम्म सुपरपावर देशको नै वर्चस्व रहेको छ । ओलम्पिकमा सुपरपावर देशको वर्चस्व हुनुको कारण के हो ?

मोर्डन ओलम्पिकमा सुपरपावर देशको प्रदर्शन

सन् १८९६ बाट मोर्डन ओलम्पिक सुरु भएको थियो । त्यो बेलाबाट अमेरिका, सोभियत संघ, बेलायत, चीन, फ्रान्स, जर्मनी, इटाली र जापान जस्ता देश महाशक्तिका रूपमा देखिएका छन् । 

ओलम्पिकको अलटाइम मेडल ट्यालीमा शीर्ष १० मा नजर लगाउने हो भने यिनै देशको दबदबा रहेको छ । दोस्रो विश्वयुद्धपछि सुपरपावर अमेरिका र सोभियत संघ शीर्ष दुईमा रहेका थिए । यी दुई देशभन्दा अघि उपनिवेशमा आधारमा बेलायत र फ्रान्स शीर्षता हासिल गर्थे । 
सुपरपावर देशको ओलम्पिकमा राम्रो प्रदर्शन हुनुको कारणहरू:

१. दोस्रो देशभन्दा उत्कृष्ट र अघि सोच्ने 

ओलम्पिकको आफ्नो नारा तीन इटालियन शब्दमा राखिएको छ । सिटियस, अल्टियस र फोर्टियस, यसको अर्थ तेज, तागतिलो र अग्लो । यदि कुनै पनि देश सुपरपावर बन्न चाहन्छ वा बन्ने सोचाइमा छ भने यी तीन शब्दलाई ध्यानमा राखेर उत्रिने कोसिस गर्छ । ओलम्पिक यसका लागि सबैभन्दा ठूलो प्ल्यार्टफर्म बन्छ । 

२. प्रोपोगाण्डा टुल

ओलम्पिकको माध्यमबाट शक्तिशाली देश दुनियाँभरि आफ्नो धाक जमाउने कोसिसमा हुन्छन् । उनीहरूको सन्देश नै आफू सबै कुरामा राम्रो रहेको भन्ने हुन्छ । मतलब उनीहरू आफ्नो सिस्टम, अर्थ व्यवस्था र प्रविधि अरूको भन्दा राम्रो भएको भन्ने देखाउँछन् । अमेरिका र सोभियत संघले पनि यो कुरा प्रभावकारी तरिकाले देखाएका थिए । पछिल्लोपटक चीन यो कुरामा निकै अगाडि आएको छ । 

३. आफ्ना खेलाडीको भरोसा जित्नु

ओलम्पिक आफैँमा पनि एक लडाइँको भन्दा कम होइन, विश्वभरका खेलाडी एकैसाथ एक थलोमा भेला हुँदा यसको रौनक र आकर्षण छुट्टै हुन्छ । यसमा पदक जित्ने देशका खेलाडीको मात्र होइन, मानिसको पनि आत्मविश्वास बढ्ने गर्छ । जसले गर्दा उनीहरूमाथि सबैको विश्वास पनि हुन्छ । 

सुपर पावर देश ओलम्पिकमा पदक जित्न के गर्छन् ?

बढी लगानी

अमेरिका, चीन, रुस, बेलायतजस्ता देश ओलम्पिकमा राम्रो नतिजा ल्याउन मोटो रकम खर्च गर्छन् । उनीहरूले खेलाडीमाथि गर्ने खर्च सरकारी पक्षमात्र हुँदैन, निजी क्षेत्रबाट पनि मोटो रकम जुटाएर खेलाडीमा खर्च गर्छन् । अमेरिकाले ओलम्पिक संघलाई कुनै पनि रकम सहयोग गर्दैन । तर निजी क्षेत्रबाट ओलम्पिक संघले हरेक संस्करणमा खेलाडीमाथि ३२ हजार करोड रुपैयाँ लगानी गर्छ । जसका नतिजा उसले ओलम्पिकमा प्रत्यक्ष रूपमा हात पार्छ । 

बेलायतमा पनि हरेक वर्ष पूर्वाधार र प्रशिक्षणका लागि करिब १८ हजार करोड रुपैयाँ खर्च दिने गरेको छ । 

यस्तै चीन र रुसको खेलाडीमाथि गरेको खर्च एकैसाथ बाहिर आउँदैन । चीनले ओलम्पिकका लागि खेलाडीको तयारीमा चार सालको साइकलमा ३० देखि ३२ हजार करोड रुपैयाँ खर्च गर्ने गरेको बताइन्छ ।

अत्याधुनिक पूर्वाधार

अमेरिका र चीन जस्ता देशका प्रायः हरेक सहरमा अत्याधुनिक पूर्वाधार रहेका छन् । जसमा सुविधा सम्पन्न रंगशाला, प्रशिक्षण सामाग्री, हाइ पर्फमेन्स सेन्टर, बायोमेकानिक्स सेन्टर आदि पर्छन् ।


कस्तो लाग्यो ?

यो पनि