जेठ ०७, २०८१, सोमबार
               

चौथो टी–२० मा अष्ट्रेलियाद्वारा वेस्ट इन्डिज झिनो रनले पराजित

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । चौथो टी–२० क्रिकेट खेलमा अष्ट्रेलियाद्वारा वेस्ट इन्डिज झिनो रनले पराजित भएको छ । अष्ट्रेलियाले उक्त खेलमा वेस्ट इन्डिजमाथि चार रनले रोमाञ्चक जित निकालेको हो ।

पाँच खेलका सिरिज यसअघि नै गुमाइसकेको अष्ट्रेलियाले चौथो खेलमा कठिन जित निकाल्यो । सेन्ट लुसियामा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो ।

अष्ट्रेलियाका मिचेल मार्शले ७५ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रनको पारी खेले । यस्तै डान क्रिस्टियनले अविजित २२ रन जोडे । वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए । ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए ।

जवाफमा वेस्ट इन्डिज २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ८३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्क उत्कृष्ट बलिङ गरेपछि अष्ट‍्रेलियाले जित निकाल्न सफल भयो ।

वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रन बनाउँदा इभिन लेविसले ३१ रन जोडे । यस्तै निकोलस पुरनले १६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

उसका लागि फाबियन एलनले २९ र आन्द्रे रसेलले अविजित २४ रन को योगदान  गरे । बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । एडम जाम्पाले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि