जेठ ०७, २०८१, सोमबार
               

भारतीय क्रिकेट टिममा कोरोनाको खतरा

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिममा कोरोनाको खतरा बढ्न थालेको छ । पछिल्लो पटक गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा एक खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । 

भारतीय क्रिकेट बोर्डले कोभिड हुने दुई खेलाडीको नाम सार्वजनिक गरेको छैन । केहि दिन अगाडी उनीहरु भिडभाड हुने एरियामा पुगेकाले दुबैलाई कोभिड भएको हुनसक्ने आंकलन गरिएको छ ।

कोभिड – १९ हुने एक खेलाडीको नेगेटिभ आएपनि अर्को खेलाडी भने आइसोलेसनमा नै रहेको बताइएको छ । अब उनको जुलाई १८ मा परिक्षण हुनेछ । कोरोना देखिने खेलाडीले पहिलो चरणको कोवीशिल्डको भ्याक्सिन लगाएका थिए ।

भारतीय खेलाडी लण्डनको आसपासमा छुट्टी मनाइरहेका थिए । जुन २३ मा साउथह्याम्टनमा भएको विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेलेपछि भारतीय टिमका खेलाडी परिवारका साथ छुट्टी मनाउन गएका थिए ।

बीसीसीआईका अधिकारीका अनुसार धेरै जसो खेलाडी लण्डनको आसपास नै रहेका थिए । टिमले सबै खेलाडीलाई जुलाई १४ मा फर्कन भनेको थियो । यसअघि पाकिस्तानविरुद्धको एकदिवसिय सिरिजको ठिक दुई दिन अगाडि इंग्ल्याण्डका तीन खेलाडी सहित सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जसका कारण इंग्ल्याण्डले एकदिवसिय सिरिजमा दोस्रो टिमलाई खेलाएको थियो । भारतीय टिमले इंग्ल्याण्डसँगको सिरिजका लागि जुलाई २० बाट प्रशिक्षण सुरु गर्नेछ । तर, कोभिड देखिएका दोस्रो खेलाडीको रिपोर्ट नेगेटिभ आएपछि मात्र टिमले अभ्यास थाल्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि