जेठ ०७, २०८१, सोमबार
               

घुँडाको चोटका कारण स्वीस स्टार रोजर फेडेररले टोकियो ओलम्पिक खेल्न नसक्ने

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

एजेन्सी । घुँडामा लागेको चोटका कारण स्वीस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक खेल्न नसक्ने भएका छन् ।

ब्रिटिस नम्बर एक जोहान्ना कोन्टा पनि चोटकै कारण प्रतियोगिताबाट बाहिरिएका हुन् । कीर्तिमानी २० पल्टका ग्राण्डस्लाम विजेता ३९ वर्षीय फेडेरर घुँडाको चोटबाट समस्यामा छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत लेखेर आफू घुँडाको चोट बल्झिएपछि ओलम्पिक खेल्न नसक्दा  निराश भएको बताउँदै स्वीस टोलीलाई सफलताको शुभकामनासमेत दिएका थिएका छन् ।

नवौँ वरियतामा रहेका फेडेररले अघिल्लो वर्षमात्र घुँडाको शल्यक्रिया गरेका थिए । फेडेररले सन् २००८ को वेइजिङ ओलम्पिकमा डवल्सतर्फ स्वर्ण जितेका थिए भने सन् २०१२ को लण्डन ओलम्पिकमा एकलतर्फ रजत जितेका थिए ।

उनी फाइनलमा घरेलु खेलाडी एण्डी मुर्रेसँग पराजित भएका थिए ।

यो पनि