जेठ ०७, २०८१, सोमबार
               

टी २० सिरिजमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ६ विकेटले हरायो

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियाविरुद्धको टी २० सिरिज वेस्ट इन्डिजले जितेको छ । गएराति भएको तेस्रो टी २० क्रिकेटमा ६ विकेटको जित निकाल्दै वेस्टइन्डिजले सिरिजका बाँकी २ खेल छँदै ३–० ले आफ्नो पक्षमा पारेको हो ।

यस पटक पनि अस्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न सकेनन् । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । उसका लागि मोइसीस हेनरिक्सले सर्वाधिक ३३ रन बनाउँदा कप्तान आरोन फिन्चले ३०  रनको योगदान गरे ।

एस्टन टर्नरले २४ रन बनाउँदा म्याथ्यू वेडले २३ रन बनाए । एलेक्स केरीले १३ रन बनाउँदा मिचेल मार्सको ब्याटबा ११ रन मात्रै बन्यो । अस्ट्रेलियालाई सस्तैमा रोक्नका लागि हेडन वाल्सले दुई विकेट लिएका थिए ।

१४२ रनको जवाफी लक्ष्य पछ्याएको वेस्टइन्डिजले क्रिस गेलको अर्धशतकीय पारिले सहज जित दिलायो । गेलले ६७ रन बनाउँदा ३८ बल फेस गरेका थिए । उनले आफ्नो पारिमा ७ छक्का र चार चौका प्रहार गरे ।

गेलले अन्तराष्ट्रिय क्रिकेटमा १४ हजार रन पनि पुरा गरेका छन् । यसैगरी निकोलस पुरन ३२ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि रेलि मेड्रिथले तीन विकेट लिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि