बैशाख २६, २०८१, बुधबार
               

जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्व नम्बर एक जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधिले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् ।

आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते ।जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे । सर्वियन खेलाडी जोकोभिचले लगातार तेस्रो पटक विम्बल्डन जितेका हुन् ।

यस उपाधिसँगै जोकोभिचले सर्वाधिक २० ग्राण्ड स्लाम उपाधि जित्ने स्विस रोजर फेडेरर र स्पेनिस राफेल नाडालको कीर्तिमान बराबरी गरेका छन् ।

३४ वर्षीय जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनसमेत जितिसकेका छन् । हालसम्म उनले ९ पटक अष्ट्रेलियन ओपन, तीन पटक युएस ओपन र दुई पटक फ्रेन्च ओपन जितेका छन् । जोकोभिचले सन् १९६९ मा रोड लेभरपछि एकै सिजन तीन मुख्य उपाधि जित्ने पहिलो खेलाडी बने ।

अब जोकोभिच युएस ओपन जित्दै क्यालेन्डर ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन् । 

यो पनि