बैशाख २६, २०८१, बुधबार
               

रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्ता घोषित

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता घोषित भएका छन् । सोमबार (आज) सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता घोषित भएका हुन् ।

साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका छन् । उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर, रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे । रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २-२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

यो पनि