बैशाख २६, २०८१, बुधबार
               

पेनाल्टीमा चुकेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

एजेन्सी । इंग्ल्याण्डको फुटबल संघले (द एफए) ले युरो २०२० को फाइनलमा पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि भएको रंगभेदी दुर्व्यवहारको भर्त्सना गरेको छ ।

इंग्ल्याण्डले इटलीसँग टाइब्रेकरमा ३–२ गोलले पराजित हुँदा यी तीन खेलाडीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।

लण्डन महानगरीय प्रहरीले यो दुर्व्यवहारको अनुसन्धान गरिरहेको छ । प्रहरीले भनेको छ, ‘यो स्वीकार गर्न सकिने घटना होइन ।’ द एफएले खेलाडीमाथिको दुर्व्यवहारबाट स्तब्ध भएको जनाएको छ ।

रंगभेदी व्यवहारविरुद्धको लडाईमा साथ दिन भन्दै युरो २०२० मा सबै देशका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए । इंग्लिस टिमले पनि इटलीविरुद्धको फाइनलहरु त्यही गरेको थियो ।

यो पनि