बैशाख २३, २०८१, आइतबार
               

इङ्ल्याण्ड र इटलीबीचको खेल अतिरिक्त समयमा

एजेन्सी
असार २८, २०७८

ADVERTISEMENT

१६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा अहिले इङ्ल्याण्ड र इटलीबीच प्रतिस्पर्धा भईरहेको छ ।

वेम्बली स्टेडियमा जारी इङ्ल्याण्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने इङ्ल्याण्डले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटलीलाई १-१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन् ।

 आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा छन् । इङ्ल्याण्ड पहिलो पटक युरोकपको फाइनल खेल्दैछ ।

एक पटकको च्याम्पियन इटली भने चौंथो पटक फाइनलमा पुगेको हो ।


कस्तो लाग्यो ?

यो पनि