बैशाख २६, २०८१, बुधबार
               

युरोकप फाइनल : दोस्रो मिनेटमै इङ्ल्याण्डको अग्रता

एजेन्सी
असार २८, २०७८

ADVERTISEMENT

युरोकप २०२० को फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटलीविरुद्ध गोल गरेको हो । 

बेम्बली रंगशालामा जारी खेलमा इङ्ल्याण्डका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।

जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १-० गोलको अग्रता बनाएको छ । पहिलो हाफमा बलमा पकड जमाए पनि इटालीले गोल फर्काउन सकेन ।

इटली  तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो  । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो  ।

इङ्ल्याण्डले डेनमार्कलाई पराजित गर्दै इटलीसँगको भेट पक्का गरेको हो  । रोमान्चक खेलमा इङ्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो  ।

आजको खेल जित्दै इङ्ल्याण्ड इतिहास रच्ने दाउमा छ । इङ्ल्याण्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुगेको हो । इङ्ल्याण्डले यसअघि सन् १९६६ मा  विश्वकपको उपाधि जितेको थियो ।

यसैबीच, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटली यो पटक पनि उपाधि उचाल्ने लक्ष्यमा छ ।


कस्तो लाग्यो ?

यो पनि