बैशाख २७, २०८१, बिहीबार
               

इटालीयन खेलाडी माटियो पहिलो पटक ग्राण्डस्लामको फाइनलमा

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

इटालीयन खेलाडी माटियो बेरेटिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन । सातौं वरियताका माटियोले पोलिस खेलाडी हुबेर्ट हुरकेजलाई तीन एकको सेटमा हराउँदै पहिलो पटक विम्बल्डनको फाइनलमा स्थान बनाउन सफल भए । 

लण्डन स्थित सेन्ट्रल कोर्टमा भएको खेलमा माटियोले १४ औं बरियताका हुबेर्टविरुद्ध ६-३, ६-०, ६-७ र ६-४ सेटमा जित निकाले । 
क्वाटरफाइनलमा रोजर फेडेररलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुबेर्टविरुद्ध माटियोले पहिलो सेट छ तीनले जिते भने दोस्रो सेटमा तीन सर्भिस ब्रेक गर्दै छ शुन्यले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा एक समय तीन तीनको अवस्थामा हरेका बेला माटियोले टाइब्रेकरमा छ सातले हार्न पुगे । तर चौथो सेटमा माटियोले ६-४को सेटमा जित्न सफल भए । 

उपाधिका लागि माटियोले विश्व नम्वर एक नोभाक जोकोभिच र डेनिस सापोभालोभविचको विजेतासँग खेल्नेछन ।


कस्तो लाग्यो ?

यो पनि