जेठ ०७, २०८१, सोमबार
               

एएफसी यू-२३ एसियन कप छनोटको समूह 'बी'मा पर्‍यो नेपाल

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

सन् २०२२ मा उज्बेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

एएफसीले सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो । वेस्ट जोनको छनोटमा रहेका ४२ टोलीलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ ।

समूह 'बी' का छनोट खेलहरू आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

११ समूहमा रहेका शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै समूहमा दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।


कस्तो लाग्यो ?

यो पनि