बैशाख २१, २०८१, शुक्रबार
               

श्रीलंकाको क्रिकेट कप्तानीमा दासुन सनाका आउँदै

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

श्रीलंकन क्रिकेट टिमको कप्तानबाट कुसल परेरालाई हटाउने तयारी गरिएको छ ।

इंग्ल्याण्ड सिरिजमा लज्जास्पद पराजय भोगेको श्रीलंकाले परेरालाई हटाउने तयारी गरेको हो ।

श्रीलंकाले १३ तारिखदेखि भारतसँग सिरिज खेल्दै छ । अहिले भारतको दोस्रो टिम श्रीलंका पुगेको छ ।

भारतविरुद्धको सिरिजमै परेराको ठाउँमा दासुन सनाकाले लिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, श्रीलंकन क्रिकेट बोर्डले यस विषयमा औपचारिक जानकारी भने दिएको छैन ।

इएसपीएन क्रिकइन्फोका अनुसार सनाकालाई भावी कप्तानको रूपमा हेरिएको छ । सनाका श्रीलंकन क्रिकेट बोर्डले पछिल्लो समय खेलाडीको पारिश्रमिक कटौती गर्दै केन्द्रीय सम्झौताका लागि आह्वान गर्दा उनले सबैभन्दा पहिला सम्झौता गरेका थिए ।

२९ वर्षीय सनाका आक्रामक ब्याट्सम्यान हुन् भने तीव्र गतिका बलर पनि । यदि उनी कप्तान बनेमा पछिल्लो तीन वर्षमा श्रीलंकाको छैटौँ कप्तान बन्ने छन् ।

दिनेश चन्दीमल, एन्जेलो म्याथ्यूज, लासिथ मालिङ्गा, लिमुथ करुणारत्ने र अहिले परेका छन् । परेराले २०१८ को सुरुआतदेखि श्रीलंकन टिमको कप्तानी सम्हालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि