जेठ ०५, २०८१, शनिबार
               

एभरेष्ट प्रिमियर लिगले पायो आइसीसीको मान्यता

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

सेप्टेम्बर २५ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको छ । कोभिडका कारण अघिल्लो बर्ष हुने भनिएको प्रतियोगिता सरेर सेप्टेम्बरमा गर्ने तालिका रहेको छ ।

इपीएल आयोजक जोरा स्पोर्टसले विज्ञेप्ती जारी गर्दै प्रतियोगिताका लागि आइसीसीले स्वीकृति दिएको बताएको छ । क्यानले यो प्रतियोगितालाई यसअघि नै मान्यता दिइसकेको छ । प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ । कोभिडले स्थगित हुनु भन्दा अगाडि प्रतियोगिता चैत एक देखि १५ गतेसम्म हुने तालिका थियो ।

६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालीसँग विदेशी स्टार खेलाडीको सहभागिता रहनेछ । कोभिडका कारण स्थगित हुनुभन्दा अगाडी वेष्ट इन्डिजका स्टार खेलाडी क्रिस गेल पनि आउने पक्का भएको थियो । अहिले पनि विदेशी स्टार खेलाडी आउने पक्का जस्तै रहेको छ ।

इपीएलमा सन्दिप लामिछानेले काठमाडौंबाट खेल्ने सम्झौता गरेका छन । प्रतियाेगितामा ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सकाे सहभागिता हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि