बैशाख २३, २०८१, आइतबार
               

इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

युरोकप फुटबल २०२० को दोस्रो सेमिफाइनलमा अहिले इङ्ल्याण्ड र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ ।

वेम्बली स्टेडियममा जारी इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा गएको छ ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।

खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । 

तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका सिमोन किएरले आत्मघाती गोल गरेपछि इङ्ल्याण्डले १-१ गोलको बराबरी गरेको थियो । इङ्ल्याण्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

आज इङ्ल्याण्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

आजको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि