असार ०८, २०८१, शुक्रबार
               

सन्दीपले चौंथो संस्करणको इपिएल काठमाडौंबाट खेल्ने

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्स इलाभेन बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेल्ने भएका छन् ।

काठमाडौं किङ्स इलाभेनले बुधबार स्पिनर सन्दीपसँग सम्झौता भएको जानकारी दिएको छ ।

सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आवद्द थिए ।

यस वर्षको इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो ।

तर, कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि