जेठ ०७, २०८१, सोमबार
               

महिला एसियन कप छनोटका लागि ४५ जना बन्द प्रशिक्षणमा

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका छन् । 

चोटका कारण हाल कतारको दोहामा उपचारका लागि गएकी सावित्रालाई टिममा राखिएको छैन । नेपाली टिमको बन्द प्रशिक्षण साउन ३ गतेबाट सुरु हुने एन्फाले जनाएको छ । 

छनोटको समूह एफ मा रहेको नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने छ । यस समूहको छनोट खेल नेपालमा हुनेछन । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बरलाई तोकेको छ । लिगकै दौरान चोट बोकेकी अर्की खेलाडी हिरा कुमारी भुजेलले भने टोलीमा स्थान बनाएकी छिन्। 

बन्द प्रशिक्षणमा परेका खेलाडी:

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय,रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर,चुम्लुङमा राई, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा,इन्द्र राई, विमला चौधरी, अमृता जैशी


कस्तो लाग्यो ?

यो पनि