जेठ ०५, २०८१, शनिबार
               

स्पेनलाई हराउँदै इटली फाइनलमा

एजेन्सी
असार २३, २०७८

ADVERTISEMENT

इटली 'युरो कप २०२०' को फाइनलमा प्रवेश गरेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली फाइनलमा प्रवेश गरेको हो ।

वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटलीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । इटली २०१२ पछि फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड, थियागो अल्कान्टाराले गोल गरे । डानिल ओल्मो, अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्जिन्होले गोल गरे । म्यानुएल लोकाटेली गोल गर्न सकेनन् ।

खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटलीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । 

तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।

अब इटलीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इटलीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००० र  २०१२ मा फाइनलसम्म पुगेको इटलीले उपाधि भने जित्न सकेन ।

तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र २०१२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटलीसँग क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि