बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डो युभेन्टसमा थप एक वर्ष रहने

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले युभेन्टससँग थप सम्झौता गर्ने भएकाे छ ।  रोनाल्डोले युभेन्टससँग थप एक वर्षको नयाँ सम्झौता गर्ने बताइएको हाे । 

३६ वर्षे रोनाल्डो यसअघि म्यानचेस्टर युनाइटेड वा स्पोर्टिङ सिपी फर्किने भन्ने चर्चा थियो । तर पछिल्लो पटक उनी सन् २०२३ सम्मका लागि युभेन्टसमा नै बस्ने बताइएको छ । 

इटालीयन मिडियाहरुले रोनाल्डो नयाँ सम्झौताका लागि चाँडै हस्ताक्षर गर्ने बताएका छन । उनको नयाँ सम्झौतको छिनोफानो युरो कपको फाइनल अगाडि नै हुने संभावना रहेको बताइएको छ । क्लवले रोनाल्डोलाई सन् २०२२ मा फ्रि ट्रान्सफरमा गुमाउनबाच बचाउनका लागि नयाँ सम्झौता गर्न लागेको बताइएको छ । 

उनलाई अर्को सिजनमा बिक्री गरेर केहि रकम कमाउने ध्यानमा युभेन्टस रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि