बैशाख २३, २०८१, आइतबार
               

स्पेनिस प्रशिक्षकले गरे इटलीको प्रशंसा

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

स्पेन र इटलीबीच आज नेपाली समयअनुसार मध्यराती १२ः४५ मा युरोकप फुटबलको सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ ।
त्यसअघि नै स्पेनका प्रशिक्षक लुईस इन्रिक्युले  इटलीको प्रशंसा गरेका छन् । उनले आफु इटलीको समर्थक रहेको समेत बताए । ‘यदी हामीले जित्यौं भने त्यो हाम्रा लागि ठूलो कुरा हुनेछ । तर, यदी इटलीले सही रुपमै जित्यो भने फाइनलमा म इटलीको समर्थन गर्नेछु,’ उनले भने । 
इन्रिक्युले इटलीको खेल्ने शैली शैली स्पेनको जस्तै रहेको बताए । ‘हामी बल नियन्त्रण धेरै गर्छौं । तर, उनीहरु खेलमा प्रभूत्व काम गर्न पनि चाहन्छु । यो मैदानमा जित्नुपर्ने लडाइँ हो ,’ उनले भने । 
उनले इटलीसँगको खेलमा डेनिल डि रोस्सीलाई भेट्न चाहेको बताए । रोस्सी अहिले इटलीको सहायक प्रशिक्षक छन् । इन्रिक्यु र रोस्सीले कुनै समय एएस रोमाबाट एकसाथ खेलेका थिए । 
‘मलाई इटली निकै मनपर्छ । सधैं म इटली घुम्ने प्रयत्नमा हुन्छु । इटलीविरुद्ध खेल्न मज्जा आउँछ, हामी अक्टुबरमा नेसन्स लिगमा फेरि भिड्नेछौं, मेरा लागि इटलीसँग खेल्न पाउनु सधैं आनन्दको विषय हो,’ उनले भने,‘मैले डि रोस्सीसँग दुई वा तीन साताअघि फोनमा कुराकानी गरेको थिएँ । उनीलाई फेरि भेट्न पाउँदा निकै खुसी हुनेछु । ’
 


कस्तो लाग्यो ?

यो पनि