जेठ ०३, २०८१, बिहीबार
               

युरो कपको पहिलो सेमिफाइनल खेलमा आज स्पेन र इटालीको प्रतिस्पर्धा हुँदै

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज प्रतिस्पधा हुने भएको छ । उक्त खेल राति हुँदै छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् ।

इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुने बताइएको छ । दुवै टोली जित हासील गर्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्ने छ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुने छ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको थियो ।


कस्तो लाग्यो ?

यो पनि