बैशाख २०, २०८१, बिहीबार
               

४ खेलाडीलाई उपचार खर्च सहयोग

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलाडीलाई सहयोग स्वरुप सोमबार उपचार खर्च उपलब्ध गराएको छ । चार खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार प्रदान गरियो । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ उपलब्ध गराइएकाे हाे । सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

चालू आर्थिक वर्षमा कोषले यि ४ खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चवापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ । यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्वखेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रपैयाँ रहेको सदस्य–सचिव श्रेष्ठले जानकारी दिए । त्यसैको ब्याचबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि