जेठ ०३, २०८१, बिहीबार
               

मछिन्द्रका निशान भारतीय क्लब मिनेर्बा पन्जाबमा अनुबन्ध

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

मच्छिन्द्र क्लबका सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका निशान श्रेष्ठ भारतीय क्लब मिनेर्बा पन्जाबमा अनुबन्ध भएका छन् ।

उनीसँगै फिजियो अनीश बुढाथोकी पनि सोही क्लबमा आबद्ध भएका छन् । 

श्रेष्ठ टिमको सहायक प्रशिक्षक र अनीश फिजियोका रूपमा टिममा अनुबन्ध भएका छन् । उनीहरूको क्लबसँग आधिकारिक हस्ताक्षर हुनमात्र बाँकी रहेको बताइएको छ ।

दुवै जना क्लबको जिम्मेवारी सम्हाल्नका लागि पन्जाब पुगिसकेका छन् । श्रेष्ठ यसअघि नेपालमा पहिलोपटक भएको नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीको सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । यस्तै बुढाथोकी पनि सोही टिमको फिजियो रहेका थिए ।

भारतीय क्लबमा नयाँ जिम्मेवारी पाएका उनीहरूले राम्रो अवसरका रूपमा लिएका छन् । उनीहरूको सम्झौताको अवधि भने हस्ताक्षरपछि मात्र सार्वजनिक गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि