जेठ ०४, २०८१, शुक्रबार
               

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स आज जापान जाँदै

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) आज जापान प्रस्थान गर्दै छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ ।


एलेक्ससँगै प्रशिक्षक शंकर कार्की पनि जापान प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपाल ओलम्पिक कमिटिले आइतबार एलेक्स र शंकरलाई एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई बिदाइ गरे ।

एलेक्स र गौरिका दुवै जनाले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शंकर कार्कीले बताए ।  गौरिकाले २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ४ स्वर्ण जितेकी थिइन् ।

 


कस्तो लाग्यो ?

यो पनि