बैशाख २३, २०८१, आइतबार
               

बेल्जियम क्वाटरफाइनलबाट बाहिरियो, इटाली ३२ खेलमा अपराजित
पेनाल्टी सुटआउटमा स्पेनले स्वीट्जरल्यान्डलाई हरायो

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

काठमाडौं । स्पेन र इटाली युरो २०२० को सेमिफाइनलमा पुगेका छन् ।

फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ ।

जर्मनीको एलिनाज स्टेडियम भएको खेलमा इटालीको जितमा निकोलो बरेला र लोरेन्जो इन्सिनेको एक एक गोलको योगदान रह्यो । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।

इटालीले ३०औँ मिनेटमा अग्रता बनाएको थियो । उसका लागि बरेलाले गरेका थिए । त्यसपछि ४४औँ मिनेटमा लोरेन्जोले गोल थपेर इटालीको अग्रता २-० बनाए ।

पहिलो हाफमा इन्जुरी समयमा बेल्जियमले जवाफी गोल गर्‍यो । प्राप्त पेनाल्टीलाई लुकाकुले गोलमा परिणत गरी खेल २-१ को अवस्थामा पुर्‍याएका थिए । 

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । जितसँगै इटालीले लगातार ३२ खेलमा अपराजित रहने कीर्तिमानसमेत बनाएको छ । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिको खेलमा स्पेनले स्वीट्जरल्यान्डको युरोकप यात्रालाई क्वाटरफाइनलमै अवरोध गरेको थियो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने १० बजे भएको थियो ।

स्पेनले आत्मघाती गोलमार्फत आठौँ मिनेटमा अग्रता बनाएको थियो  । स्वीट्जरल्यान्डले ६८ औँ मिनेटमा गोल फर्काएको थियो । 

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । थपिएको ३० मिनेटको समय पनि गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनले ३–१ गोल अन्तरले जित निकालेको हो । 

स्पेन कप्तान सर्जियो बुस्केटले पहिलो प्रहार बारमा लागेर बाहिरिए पनि अन्तिममा नतिजा उसकै पक्षमा पुग्यो ।

त्यसपछि स्वीट्जरल्यान्डका मारियो गार्भानिभले गोल गरे । स्पेनका डेनियल ओल्मोको प्रहार गोलमा परिणत भएको थियो । स्वीट्जरल्यान्डका फावियन सेचरको प्रहार खेर गयो भने स्पेनका रोड्रिगो हर्नान्डेजको प्रहारले पनि दिशा लिएन ।

स्पेनका जेराड मोरोनो र मिकेल वेजबले गोल गर्दा स्वीट्जरल्यान्डका मेनुयल अकान्जी र रुवेन भर्गासको प्रहार खेर गएको थियो । 

आठौँ मिनेटमा जोडी अल्बाले गरेको प्रहार डेनिस जाकरियालाई लागेर गोल भएको थियो । सोही आत्मघाती गोलले पहिलो हाफमा स्पेनले अग्रता बनाएको हो । 

६८ औँ मिनेटमा जाडन साकेरीले उत्कृष्ट गोल गरेपछि स्वीट्जरल्यान्डले एक एक गोलको बराबरी गर्न सफल भयो । ७७ औँ मिनेटमा स्वीट्जरल्यान्ड १० खेलाडीमा झरेको थियो । रुमो फुलरले जेरार्ड मोरेनोमाथि खराब ट्याक्कल गरेपछि रातो कार्ड पाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि