जेठ ०४, २०८१, शुक्रबार
               

अभिमन्यु १२ वर्षमै चेसको ग्रान्डमास्टर

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT


अमेरिकी चेस खेलाडी अभिमन्यु मिश्रा विश्वकै सबैभन्दा कम उमेरमा ग्रान्डमास्टर बनेका छन् । न्यु जर्सी बस्ने भारतीय आमा–बाबुका सन्तान अभिमन्यु १२ वर्ष ४ महिना २५ दिनका दिन ग्रान्डमास्टर बने ।

बुधबार बुडापेस्टरमा भारतीय ग्रान्डमास्टर लियोनलाई हराउँदै २६ सय रेटिङ अंक हासिल गरेर उनले यो उपलब्धि अभिमन्युले आफ्नो नाममा लेखाएका हुन् ।

यसअघि, यो कीर्तिमान रुसका सेर्गेई कर्जाकिनको नाममा थियो । सन् २००२ मा १२ वर्ष ७ महिनाको छँदा उनी ग्रान्डमास्टर बनेका थिए । यसअघि नोभेम्बर २०१९ मा अभिमन्युले १० वर्ष ९ महिना ३ दिनका दिन विश्वकै कान्छो इन्टरनेसनल मास्टर बन्ने कीर्तिमान बनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि