जेठ ०३, २०८१, बिहीबार
               

विश्व क्रिकेट बरीयतामा कुशल र ज्ञानेन्द्रको सुधार

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको विश्व बरीयतामा सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरीयतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा पुगेका छन् । यसअघि भुर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।

आइसिसीले जारी गरेको बरीयतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । बरीयतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन् ।

पछिल्लो बरीयतामा खड्का ८८औँ स्थान र लामिछाने ७६औँ स्थानमा छन् । नयाँ बरीयता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।

यो पनि