बैशाख २३, २०८१, आइतबार
               

जर्मनीलाई हराएर इङ्ल्यान्ड र स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकपको क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

बलियो प्रतिद्वन्द्वी जर्मनीलाई स्तब्ध बनाउँदै इङ्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ ।

नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे भएको खेलमा इङ्ल्यान्डले २-० को जित निकालेको हो । जितसँगै इङ्ल्यान्ड ९ वर्षपछि युरोकपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

इङ्ल्यान्डका लागि रहिम स्ट्रलिङ र हेरी केनले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा दुवै टिम आक्रामक खेल खेले पनि गोलरहित बराबरी भएको थियो । दोस्रो आफको ७५औँ मिनेटमा मात्र गोलको खडेरी तोडियो । 

इङ्ल्यान्डका रहिमले डिबक्समा पाएको मौकालाई विपक्षीको जाली चुमाएका थिए । अर्को गोल ८५औँ मिनेटमा कप्तान हेरी केनले गरे । उत्कृष्ट हेडरमार्फत गोल गर्दै उनले आफ्नो देशको जितलाई सुनिश्चित गराएका थिए । 

यसैबीच, बुधबार बिहान पौने १ बजे भएको खेलसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ । 

प्रिक्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनले जित हात पारेको हो । उसले स्विडेनले २-१ गोल पन्छाएको हो ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्त्वपूर्ण जित दिलाए ।

यस्तो छ सेमिफाइनल भिडन्त (नेपाली समयअनुसार) 

क्रस प्रतिस्पर्धी टिम मिति समय
स्विजरल्यान्ड - स्पेन शुक्रबार २१:४५
बेल्जियम - इटाली शनिबार ००:४५
चेक रिपब्लिक - डेनमार्क शनिबार २१:४५
युक्रेन - इङ्ल्यान्ड आइतबार ००:४५

कस्तो लाग्यो ?

यो पनि