बैशाख २३, २०८१, आइतबार
               

युरोकपमा आज जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदै, अर्को खेलमा स्विडेन र युक्रेन भिड्ने

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

युरोकप फुटबलमा आज इङ्ल्यान्ड र जर्मनी आमनेसामने हुँदै छन् । 

उनीहरूबीचको प्रतिस्पर्धा मंगलबार राति पौने १० बजे हुनेछ । 

इङ्ल्यान्ड समूह डी को विजेता हो । समूह चरणमा इङ्ल्यान्डले दुई खेल जित र एकमा बराबरी गरेको थियो ।

आफ्नो पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गरेको इङ्ल्यान्ड दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा उसले चेक रिपब्लिकलाई १-० ले हराएको थियो ।

समूह एफ को उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुगेको जर्मनीले भने एक खेलमा हार भोगेको थियो । उसले एकमा जित र एकमा बराबरी खेलेको थियो ।

युरोकप २०२० को आफ्नो पहिलो खेलको नतिजा जर्मनीले फ्रान्सलाई सुम्पिएको थियो । यो भिडन्तमा जर्मनी १-० ले स्तब्ध भएको थियो । दोस्रो खेलमा भने जर्मनीले पोर्चुगलको चुनौती ४-० ले पन्छाएको थियो । एक खेलमा जित र एक खेलमा हार भोगेको अवस्थामा अन्तिम खेलमा जर्मनी हंगेरीसँग २-२ को बराबरीमा रोकिएको थियो ।

यस्तै प्रिक्वाटर फाइनलको अन्तिम खेल स्विडेन र युक्रेनबीच हुनेछ । सो खेल बुधबार बिहान पौने १ बजे हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि