बैशाख २३, २०८१, आइतबार
               

स्पेनसँग हार्दै युरोकपबाट बाहिरियो क्रोएसिया

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

स्पेनसँग पराजय भोग्दै क्रोएसिया युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।

नेपाली समयअनुसार सोमबार राति पौने १० बजे भएको खेलमा स्पेनले ५-३ को जित निकालेको हो । जितसँगै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुरुवातदेखि नै आक्रामक खेल खेलको स्पेनले २०औँ मिनेटमा स्पेनले आत्मघाती गोल खाएको थियो । मैदानको मध्यभागबाट पेड्रीले दिएको पासलाई गोलरक्षक उनाई सिमोन नियन्त्रण गर्न चुकेका कारण आफ्नै पोस्टमा गोल छिरेको थियो । 

त्यसको केही समयसम्म स्पेनले लय गुमाउन पुगेको थियो । तर क्रमशः सम्हालिँदै स्पेनले खेलको गति अघि बढायो । ३८औँ मिनेटमा साराबियाले गोल गरेर स्पेनलाई बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा स्पेन र क्रोएसियाले समान दुई/दुई गोल थपे । ५७ औँ मिनेटमा सेजार अपिलिक्वेताले गोल गर्दै स्पेनलाई २-१ को अग्रता लियो । फेरि ७७ औँ मिनेटमा फेर्रान टोरेसले गोल गर्दै स्पेनको अग्रतालाई ३-१ बनाए ।

तर त्यो अग्रता स्पेनले जोगाउन सकेन । ८५औँ मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिक र अतिरिक्त समयमा मारियो पसालिकले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

निर्धारित समयमा खेल ३-३ को बराबरीमा पुग्यो । थपिएको ३० मिनेटको अतिरिक्त समयमा स्पेनले २ गोल गर्‍यो । क्रोएसियाले भने गोल गर्न सकेन । 

स्पेनका लागि १०० मिनेटमा अल्भारो मोराटाले र १०३ मिनेटमा मिकेल ओयारजाबलले गोल गरेका थिए ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि