बैशाख २३, २०८१, आइतबार
               

एम्बापेको पेनाल्टी मिससँगै विश्व विजेता युरोकपबाट बाहिरियो फ्रान्स

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

स्वीट्जरल्यान्ड विश्व विजेता फ्रान्सलाई हराउँदै युरोकपबाट बाहिरिएको छ ।

निर्धारित र अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । स्वीट्जरल्यान्ड ५-४ ले विजयी भएको हो ।

किलियन एम्बाप्पेले पेनाल्टी मिस गर्नु फ्रान्सका लागि दुर्भाग्य सावित भयो । उनको पेनाल्टी प्रहारलाई स्वीट्जरल्यान्डका गोलरक्षक यान सोमले गोल हुनबाट रोेका थिए । स्वीट्जरल्यान्डका पाँच जनाले नै गोल प्रहार गरे ।  

खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने १ बजे भएको थियो । खेलको १५ औं मिनेटमा हेरिस सेफरविसले गोल गर्दै स्वीट्जरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । 

त्यसपछि करिम बेन्जिमाले ५७ औं र ५९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई २–१ ले अघि बढाएका थिए । ७५ औं मिनेटमा पौल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ ले अघि बढाएका थिए ।

८०औं मिनटम सेफरविसले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले अग्रता कम गरेको थियो । ९० औं मिनेटमा मारियो ग्रमाोभिचले गोल गरेपछि खेल नाटकियरुपमा अतिरिक्त समयमा धकेलिएको थियो । 

टाइब्रेकरमा स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । 

फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बेले गोल गरेका थिए । तर, पाँचौ प्रहार गर्न पुगेका एम्बाप्पेको प्रहारलाई गोलरक्षक सोमरले विफल पारेपछि स्वीट्जरल्यान्ड अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो । सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्यान्डले अब स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि