बैशाख २३, २०८१, आइतबार
               

युरोकपमा स्वीजरल्यान्डलाई फ्रान्सको चुनौती, क्रोएसियासँग भिड्दै स्पेन

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

युरोकप २०२० अन्तर्गत आज राति स्वीजरल्यान्डले फ्रान्सको सामना गर्नेछ । 

खेल नेपाली समयअनुसार राति पौने १० बजे हुने छ ।

फ्रान्स समूह एफबाट विजेता हो भने स्वीजरल्यान्ड समूह ए को तेस्रो स्थानमा रहेको थियो । 

समूह चरणको खेलमा फ्रान्सले जर्मनीलाई पराजित गरे पनि हंगेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । स्वीजरल्यान्डले भने टर्कीलाई पराजित गरेको थियो । उसले वेल्ससँग बराबरी र इटली हार भोगेको थियो ।

यस्तै नेपाली समयअनुसार मंगलबार बिहान पौने १ बजे हुने अर्को खेलमा समूह ईको उपविजेता स्पेन समूह डीको उपविजेता क्रोएसियासँग आमनेसामने हुँदैछन् ।

स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी गरेको थियो । स्पेनले स्लोभाकियालाई नमिठो हार चखाएको थियो ।

क्रोएसिया भने इंग्ल्यान्डसँग हारेको थियो । उसले स्कटल्यान्डलाई हार चखाए पनि चेक रिपब्लिकसँग बराबरीमा रोकिएको थियो ।

यसैबीच, गएराति भएको खेलमा साबिक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको नकआउट चरणको खेलमा पोर्चुगल १-० गोलले स्तब्ध हुन पुगेको हो ।

बेल्जियम फिफा बरीयतामा केही समयदेखि लगातार पहिलो स्थानमा रहँदै आएको छ ।

आइतबार राति पौने १० बजे भएको खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सको यात्रामा पनि विराम लगाइदिएको छ । हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई २-० गोलले पराजित भएको हो । 

बाँकी प्रिक्वाटरफाइनलको खेल तालिका (नेपाली समयअनुसार)

प्रतिस्पर्धी टिम मिति समय
क्रोएसिया - स्पेन सोमबार २१:४५
फ्रान्स - स्विजरल्यान्ड मंगलबार ००:४५
इङ्ल्यान्ड - जर्मनी मंगलबार २१:४५
स्विडेन - युक्रेन बुधबार ००:४५

कस्तो लाग्यो ?

यो पनि