बैशाख २३, २०८१, आइतबार
               

बेल्जियमसँग पराजयसँगै पोर्चुगलको युरोकप सपना अन्त्य, नेदरल्यान्ड्सको यात्रामा पनि चेक रिपब्लिकको अवरोध

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

साबिक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले स्तब्ध हुन पुगेको हो । पोर्चुगल प्रतियोगिताको लगातार दुईपटकको च्याम्पियन हो ।

बेल्जियम फिफा बरीयतामा केही समयदेखि लगातार पहिलो स्थानमा रहँदै आएको छ ।

४२औँ मिनेटमा बेल्जियमका थोगर्न हाजार्डले गोल गरेपछि अग्रता लिएको थियो । डी बक्सबाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

उनले थोमस मुनिएरको पासलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । खेलमा सोही गोल एकमात्र र निर्णायक बन्न पुग्यो ।

फर्ममा रहेको बेल्जियमलाई हराएर पोर्चुगललाई क्वाटरफाइनलमा पुर्‍याउन कप्तान क्रिष्टियानो रोनाल्डो जादु चल्न सकेन । 

बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि इटालीसँग भिड्ने तय भएको छ ।

आइतबार राति पौने १० बजे भएको खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सको यात्रामा पनि विराम लगाइदिएको छ ।

हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई २-० गोलले पराजित भएको हो । 
चेक रिपब्लिकका लागि टोमस होल्डले ६८औँ मिनेटमा हेडिङमार्फत गोल गरेका थिए । दोस्रो गोल प्याट्रिक शिकले खेलको ८०औँ मिनेटमा गरेका थिए ।

५५औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स दबाबमा परेको थियो । समूह चरणमा सबै खेल जितेर उत्कृष्ट लयमा देखिएको नेदरल्यान्ड्सको यात्रा टुंगिएको छ ।

चेक रिपब्लिकले भने क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

बाँकी प्रिक्वाटरफाइनलको खेल तालिका (नेपाली समयअनुसार)

प्रतिस्पर्धी टिम मिति समय
क्रोएसिया - स्पेन सोमबार २१:४५
फ्रान्स - स्विजरल्यान्ड मंगलबार ००:४५
इङ्ल्यान्ड - जर्मनी मंगलबार २१:४५
स्विडेन - युक्रेन बुधबार ००:४५

कस्तो लाग्यो ?

यो पनि