बैशाख २३, २०८१, आइतबार
               

युरोकपमा बेल्जियम र पोर्चुगल तथा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

युरोकपमा आज दुइटा प्रतिस्पर्धा हुँदै छन् । नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे पोर्चुगल र बेल्जियमबीच भिडन्त हुने छ ।

यो भिडन्तलाई हाइभोल्टेज म्याच नाम दिइएको छ । बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा रहेको छ भने पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

पोर्चुगलले २०१६ मा फ्रान्सलाई पराजित गर्दै युरोको उपाधि जितेको थियो । आजको खेलमा धेरैको नजर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमाथि परेको छ । जारी युरोकपमा उनले पाँच गोल गरिसकेका छन् ।

उनले आज एक गोल गरे भने देशका लागि अन्तर्राष्ट्रिय गोलको संख्या ११० पुग्ने छ । जुन इरानका अलि दाइको भन्दा बढी भएर कीर्तिमानी हुनेछ । 

बेल्जियम आफ्नो समूहमा लगातार तीन खेल जितेको थियो । पोर्चुगलले भने समूह चरणमा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा पराजय सामना गरेको थियो ।

बेल्जियममा पनि रोमेलु लुकाकुको खेलप्रति पनि धेरैको ध्यान तानिएको छ ।  

यसअघि पोर्चुगल र बेल्जियमबीचका १८ खेलमा पोर्चुगल ६ तथा बेल्जियम ५ खेलमा विजयी भएको थियो । ७ खेल भने बराबरीमा सकिएका थिए ।

यस्तै आज आइतबार राति पौने १० बजे नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । 

गएरातिको खेलबाट डेनमार्क र इटाली युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरिसकेका छन् ।

डेनमार्कले वेल्सलाई ४-० ले स्तब्ध बनायो भने इटालीले अस्ट्रियालाई २-१ ले हराएको थियो ।

बाँकी खेल तालिका (नेपाली समयअनुसार)

प्रतिस्पर्धी टिम मिति समय
नेदरल्यान्डस् - चेक रिपब्लिक आइतबार २१:४५
बेल्जियम - पोर्चुगल सोमबार ००:४५
क्रोएसिया - स्पेन सोमबार २१:४५
फ्रान्स - स्विजरल्यान्ड मंगलबार ००:४५
इङ्ल्यान्ड - जर्मनी मंगलबार २१:४५
स्विडेन - युक्रेन बुधबार ००:४५

कस्तो लाग्यो ?

यो पनि