जेठ ०६, २०८१, आइतबार
               

युरोकपमा डेनमार्कको फराकिलो जित, इटाली पनि क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

डेनमार्क र इटाली युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् ।

नेपाली समयअनुसार शनिबार राति पौनै १० बजे भएको भिडन्तमा डेनमार्कले वेल्सलाई ४-० ले स्तब्ध बनाएको हो । आइतबार बिहान पौने १ बजे भएको अर्को खेलमा इटालीले अस्ट्रियालाई २-१ ले हराएको हो ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा भएको खेलमा डेनमार्कका लागि जित दिलाउन उसका युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । २३ वर्षीय कास्परले पहिलो हाफको २७ औँ र ४८ औँ मिनेटमा गरी दुई गोल गरेका थिए । जोकिम महेले र मार्टिन ब्रेथवेटले एक एक एक गोल गरेका थिए ।

खेलमा डेनमार्क हाबी भएको थियो । उसले  ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो ।

वेल्सले सुरुवाती अवस्थामा आक्रामक खेल पस्कन खोजेको थियो । कप्तान ग्यारेथ बेलले गोल गर्न गरेका प्रयास सफल हुन सकेनन् । 

२७ औँ मिनेटमा कास्पर डोलबर्गले डी बक्सबाट सुन्दर गोल गरेका थिए । २५ यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो । 

४७ औँ मिनेटमा ब्रेथह्वाइटले राइट विंग्सबाट दिएको बल पेनाल्टी एरियाबाट क्लियर गर्न खोज्दा कास्परको खुट्टामा पुगेको थियो । उक्त बललाई गोल गर्दै डेनमार्कको अग्रता दोस्रो हाफको सुरुमै दोब्बर बनाए ।

डेनमार्कले ८९ औँ मिनेटमा तेस्रो गोल गरेका थियो । उसका लागि मेहेलले गोल गरेका थिए । 

त्यसगत्तै वेल्स ह्यारी विल्सन रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । दश खेलाडीमा सीमित वेल्सले अतिरिक्त समयमा अर्को गोल खान पुग्यो । ब्रेथह्वाइटले गोल थपेपछि डेनमार्क ४–० ले विजयी भयो ।

हारसँगै वेल्सको युरोकप यात्रा प्रिक्वाटरफाइनलबाटै टुङ्गिएको छ ।

यस्तै अर्को खेलमा इटालीले अस्ट्रियाको चुनौती २-१ गोलले पन्छाएको हो । लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमा इटालीले दुई गोल गर्‍यो । ८४औँ मिनेटमा डोमेनिको बेरार्डको स्थानमा परिवर्तन भई आएका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं गोल गरेका थिए ।

उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरियाभित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का इन्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाए ।

अस्ट्रियाका लागि पनि इन्स्टिच्युट खेलाडी सासा कलाड्जिकले ११४औँ मिनेटमा एक गोल फर्काएका थिए । हारसँगै अस्ट्रियाको युरो यात्रा टुंगिन पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि