जेठ ०६, २०८१, आइतबार
               

युरोकपको नकआउट चरण आजदेखि, वेल्स र डेनमार्क भिड्ने (खेलतालिकासहित)

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल हुँदै छन् । १६ टिम रहको यो चरणमा ८ प्रतिस्पर्धा हुने छन् ।

पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्समा हुनेछ । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

समूह चरणका खेलमा डेनमार्कले रुस र फिनल्यान्डलाई पाखा लगाएको थियो । बेल्जियमसँग भने डेनमार्कले हार बेहोरेको थियो ।

स्विजरल्यान्डसँग बराबरी खेलेको वेल्स भने इटालीसँग पराजित भएको थियो । उसले टर्कीलाई हराएको थियो ।

युरोकपमै आज राति पौने १ बजे (आइतबार बिहान) इटाली र अस्ट्रिया भिड्ने छन् । इटलीले समूह चरणमा अपराजित रहेको थियो । नर्थ म्यासेडाेनिया र युक्रेनलाई हराएको अस्ट्रियाले नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।

अब कसको कोसँग ? हेर्नुस् नेपाली समयअनुसारको तालिका: 

क्रस प्रतिस्पर्धी टिम मिति समय
वेल्स - डेनमार्क शनिबार २१:४५
इटाली - अस्ट्रिया आइतबार ००:४५
नेदरल्यान्डस् - चेक रिपब्लिक आइतबार २१:४५
बेल्जियम - पोर्चुगल सोमबार ००:४५
क्रोएसिया - स्पेन सोमबार २१:४५
फ्रान्स - स्विजरल्यान्ड मंगलबार ००:४५
इङ्ल्यान्ड - जर्मनी मंगलबार २१:४५
स्विडेन - युक्रेन बुधबार ००:४५

कस्तो लाग्यो ?

यो पनि