जेठ ०६, २०८१, आइतबार
               

युरोकप : पोर्चुगल, स्विडेन र स्पेन नकआउट चरणमा

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

युरोकपको नकआउट चरणमा समाप्त भएका छन् । गएरातिको खेलबाट स्विडेन, स्पेन र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएका छन् ।

गएरातिको समूह ई को खेलमा युरोकपको स्लोभाकियालाई भारी अन्तरले हराउँदै स्पेन उपविजेताको समूहमा अघिल्लो चरण प्रवेश गर्‍यो । स्पेनले स्लोभाकियाको पोस्टमा पाँच गोल गरेको थियो भने आफ्नो पोस्टमा गोल लाग्न दिएको थिएन । 

गएराति पौने १० बजे नै भएको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई तीन दुईले हराउँदै अन्तिम १६ मा पुग्यो ।

मध्यराति १२:४० बजे समूह एफमा भएको खेलमा भने दुवै खेल बराबरीमा टुंगिए ।

पोर्चुगल र फ्रान्सले २-२ गोलको बराबरी खेल्दा सोही समयमा प्रतिस्पर्धा गरेका जर्मनी र हंगेरीले पनि समान २-२ गोलको बराबरी बनाए ।

पोर्चुगलले अघिल्लो चरणको मौका पाएको छ भने हंगेरी प्रतिगोयताबाट बाहिरिएको छ । समूह ई का स्लोभाकिया र पोल्यान्ड दुवै घर फर्कन बाध्य भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि