जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ युरोकप फुटबलको पछिल्लो अंकतालिका

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

२४ टिम रहेको युरोकप फुटबलमा ११ टिम नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

समूह ई र एफको बुधबार राति हुने खेलपछि दुई टिम समूह विजेता वा उपविजेता बनेर थपिने छन् । तेस्रो स्थानमा आएका टिममध्ये स्कोरका आधारमा चार टिमले सुपर १६ मा स्थान पाउने छन् ।

अहिलेसम्म इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रिया, इङ्ल्यान्ड, क्रोएसिया, स्विडेन र फ्रान्स अघिल्लो चरण प्रवेश गरिसकेका छन् । त्यसैगरी समूह ए को तेस्रो स्थानमा आएको स्विजरल्यान्ड पनि सुपर १६ को यात्रामा पुगेको छ ।

युरोकपमा आज बुधबार राति पौने १० बजे स्विडेन र पोल्यान्ड तथा सोही समयमा स्लोभाकियाविरुद्ध स्पेन भिड्ने छन् । यो प्रतिस्पर्धासँगै समूह ई बाट विजेता वा उपविजेता भई अघिल्लो चरणमा पुग्ने एक टिम थपिने छ ।

बुधबार मध्यरात (नेपाल समयअनुसार राति पौने १ बजे) पोर्चुगल र फ्रान्स भिड्ने छन् भने सोही समयमा जर्मनी र हंगेरीबीच खेल हुनेछ ।

समूह एफ को यो भिडन्तसँगै सुपर १६ टिम चयन हुने छन् । समूह एफ बाट विजेता वा उपविजेता बनेर अघिल्लो चरणमा जान एक टिमको छनोट हुने छ ।

तेस्रो स्थानमा आएको स्विजरल्यान्ड अघिल्लो चरणमा प्रवेश गरे पनि बाँकी तीन टिमको चयन भने अबका चार भिडन्तको नतिजामा भर पर्नेछ । 

यस्तो छ पछिल्लो अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
इटाली
वेल्स
स्विजरल्यान्ड -१
टर्की -७

समूह बी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
बेल्जियम
डेनमार्क
फिनल्यान्ड -२
रुस -५

समूह सी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
नेदरल्यान्डस्
अस्ट्रिया
युक्रेन -१
नर्थ म्यासेडोनिया -६

समूह डी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
इङ्ल्यान्ड
क्रोएसिया
चेक रिपब्लिक
स्कटल्यान्ड -४

समूह ई

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
स्विडेन
स्लोभाकिया
स्पेन
पोल्यान्ड -१

समूह एफ

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी -३

कस्तो लाग्यो ?

यो पनि