जेठ ०६, २०८१, आइतबार
               

युरोकप फुटबल : इङ्ल्याण्ड पुग्यो नकआउटमा

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

एजेन्सी । गए राति सम्पन्न भएको युरोकप फुटबल खेलमा इङ्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सो खेल समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड समूह विजेता बनेको हो ।

 वेम्बली स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा स्ट्रर्लिङले गोल गरे । यस जितसँगै इङ्ल्याण्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ ।

शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । 


कस्तो लाग्यो ?

यो पनि