जेठ ०६, २०८१, आइतबार
               

युरोकप : बेल्जियमले फिनल्यान्डलाईलाई हरायो, रुसलाई ४-१ ले पराजित गर्दै डेनमार्क अन्तिम १६ मा

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

युरोकप फुटबलमा डेनमार्कले रुसलाई ४-१ ले हराएको छ । आफ्नो फराकिलो जित र अर्को खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० ले हराएसँगै डेनमार्क अघिल्लोचरण प्रवेश गरेको छ ।

समूह 'बी'बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रूपमा सुपर १६ मा प्रवेश गरेका हुन् । बेल्जियमले समूह चरणका सबै खेल जितेको थियो ।

पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कले रसियामाथि फराकिलो जित हात पार्नु उसको अघिल्लो यात्राको बाटो बन्यो ।

पहिलो हाफमा १-० को अग्रतामा रहेको डेनमार्कले दोस्रो हाफमा ३ गोल थपेर एक गोल खान पुगेको थियो । ३८ औँ मिनेटमा मिकेल डाम्सगार्डको डेनमार्कका लागि गोल गरेका थिए ।

५९औँ मिनेटमा युसुफ पउलसेनले डेनमार्कको अग्रता दोब्बर बनाए । रसियाले ७० औँ मिनेटमा जवाफी गोल फर्काए । पेनाल्टीमा प्राप्त अवसरलाई आर्टेम डिज्युबाले गोलमा परिणत गरेसँगै खेल २-१ को अवस्थामा आइपुग्यो ।

तर ७९ औँ मिनेटमा डेनमार्कका आन्द्रेस क्रिस्टेनसेनले गोल थपे । अर्को गोल ८२औँ मिनेटमा जोआकिम मइह्लेले लगाएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल डेनमार्कले ४-१ ले जित्यो ।

यस्तो छ ग्रुप बी को अंकतालिका

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
बेल्जियम
डेनमार्क
फिनल्यान्ड -२
रुस -५

कस्तो लाग्यो ?

यो पनि