जेठ ०६, २०८१, आइतबार
               

इटाली र वेल्स युरोकपको नकआउट चरणमा, स्विजरल्यान्डको सम्भावना जीवितै

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोकपको समूह ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छ । 

समूह ए मै रहेको स्विजरल्यान्डले टर्कीलाई ३-१ शून्यले हराएको थियो । तर पनि चार टिमको समूहको शीर्ष दुईमा नपरेपछि स्विजरल्यान्डको अगाडि पुग्न सम्भावना अरू समूहका खेलहरूको नतिजा कुर्नुपर्ने भएको छ । समूह चरणको खेलमा तेस्रो स्थानमा रहेको स्विजरल्यान्डले नकआउट प्रवेशका तेस्रो स्थानमा आएका उत्कृष्ट टिमहरूको सुची पर्खनुपर्नेछ ।

तीन खेलमा तीनैमा जित निकाल्दै ९ अंक जोडेर इटालीले प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । समूह चरणको अन्तिम खेलमा गएराति इटालीले वेल्सलाई एक शून्यले हरायो ।

खेलमा इटालीले सुरुवातदेखि नै वेल्सलाई दबाबमा राखेको थियो । ३९ औँ मिनेटमा इटालीका लागि डानी वार्डको क्रसमा माटियो पेसिनाले गोल गरे । उनी सन् २००४ पछि इटालियन टिमका लागि युरो कपमा कम उमेरमा गोल गर्ने खेलाडी बने । उनी खेल भएको दिन २४ वर्ष ६० दिनका थिए । यसअघि २००४ मा एन्टोनियो कासानोले २१ वर्ष तीन सय ४२ दिनमा गोल गरेका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफको दुई गोल थपेको थियो । ५४औँ मिनेटमा इथान एम्पाडुलाई फल गरेका कारण सोझै रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित बनेको थियो । दबाबमा परेको वेल्सले गोल फर्काउन सकेन भने इटालीका धेरै प्रयासले जाली चुम्न सकेनन् । अन्ततः खेल १-० ले इटालीको पोल्टामा गयो । पराजयपछि वेल्सको अगाडि बढ्ने सम्भावना त्यसपछिको खेलमा भर परेको थियो । तर मध्यरातको खेलमा स्विजरल्यान्डले टर्कीलाई हराए पनि वेल्स अघिल्लो चरणमा पुग्न सक्यो ।

इटालीले आफ्नो जितसँगै कीर्तिमान पनि बनाएको छ । उसको अपराजित यात्रालाई ३० खेल पुगेको छ । पछिल्लो ११ खेलमा एक गोल पनि इटालीको पोस्टमा तर्ज भएको छैन ।

त्यस्तै, टर्कीविरुद्धको खेलमा स्विस टिमले राम्रो खेल पस्किएको थियो । खेलको पाँचौँ मिनेटमा स्विस टिमका लागि हारिस सेफेरोभिचले गोल गरेका थिए । २६औँ मिनेटमा स्विस टिमका जेर्दान साकिरीले गोल गरी अग्रता दोब्बर बनाए । डिबक्स नजिकैबाट प्रहार गरेको बललाई उनले उत्कृष्ट फिनिस गरेका थिए ।

पहिलो हाफमा २-० को अग्रता बनाएको स्विस टिमविरुद्ध टर्कीले ६१औँ मिनेटमा गोल फर्काएको थियो । उसका लागि इरफान कान काभेसीले गोल गरे ।

खेलको ६७ औँ मिनेटमा स्विजरल्यान्डले गोल गर्दै ३-१ को अन्तरमा पुर्‍यायो । उसका लागि फेरि साकिरीले गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन ।


कस्तो लाग्यो ?

यो पनि